लमजुङमा पहिरोले पुरिँदा एकजनाकाे मृत्यु

लमजुङ | जेठ २५, २०८१

लमजुङमा पहिरोले पुरिँदा एकजनाकाे मृत्यु

लमजुङ:    लमजुङ मर्स्याङ्दी गाउँपालिका–६, न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।  

 

शुक्रबार बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए ।

 

गम्भीर घाइते चालक तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

 

सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्